८ बैशाख २०८१, शनिबार

सार्वजनिक खरिद सम्बन्धी तालिम शुरु



धनगढी / स्थानीय तह र प्रदेशका कर्मचारीलाई सार्वजनिक खरिद सम्वन्धी काम गर्न सहज बनाउने हिसावले चार दिने क्षमता विकास सम्वन्धी तालिम मंगलबारदेखि धनगढीमा शुरु भएको छ ।

सार्वजनिक खरिद सम्वन्धी तालिमले आफूहरुको क्षमता अझ बृद्धी हुने सहभागीहरुले विश्वास गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका ईन्जिनियर हंशबहादुर थापाले आफू लामो समयदेखि काम गरिरहेको भए पनि कैयौ नयाँ तौरतरिका सिक्न पाउने अपेक्षा गरे ।

तालिममा सुदूरपश्चिम प्रदेशका खानेपानी, यातायात व्यवस्था कार्यालयसहित कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बैतडी र दार्चुलाका २० वटा पालिकाका इन्जिनियरहरुको सहभागिता रहेको छ । तालिममा अधिकांश सहभागी नयाँ रहेका छन् ।

कार्यक्रम आयोजक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीका प्रमुख महेश्वर घिमिरेले सार्वजनिक खरिद जाने सजिलो नजाने जटिल रहेको बताए ।

उनले भने, सार्वजनिक खरिदको काम गर्दा गल्ती गर्ने छुट छैन, गल्ती गरे सजायको भागीदार हुनु पर्ने भएकोले ध्यानदिएर काम गर्नुपर्ने बताए ।

सहभागीलाई स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीका प्रमुख घिमिरे, तुलसीराम भट्टराई , कृष्णबहादुर धामी र कृष्णबहादुर शाहीले प्रशिक्षण दिइरहेका छन् ।

यसअघि गतसाता सडकको सर्भे, डिजाइन र अनुगमन सम्वन्धी तालिम भएको थियो ।

चालु आर्थिक वर्षमै स्थानीय र प्रदेशका कर्मचारीका लागि झोलुंगे पुल सम्वन्धी क्षमता विकास तालिम आयोजना गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार