२३ बैशाख २०८१, आईतवार

पेशागत महासंघ नेपालको जिल्ला अध्यक्षमा गौरीप्रसाद




धनगढी / पेशागत महासंघ नेपाल कैलालीको जिल्ला कमिटी गठन गरिएको छ । शनिबार धनगढीमा आयोजित एक भेलाले गौरीप्रसाद नाथको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा कृष्णराज ओझा, सचिव चक्रबहादुर कुन्जेडा, कोषाध्यक्षमा लक्ष्मी जोशी चयन भएका छन् । सदस्यहरुमा क्रमशः चन्द्रराज जोशी, विरेन्द्रप्रसाद विष्ट, चित्रा जोशी, कल्याणजंग सिजापती बडुवाल, दिनेश साउँद, जयदेव विष्ट लगायत रहेका छन् ।

पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य एवं एकीकृत सरकारी कर्मचारी संगठन केन्द्रीय अध्यक्ष मोहनकुमार घिमिरेको प्रमुख आतिथ्यमा भएको सो भेलामा एकीकृत सरकारी कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष नृपराज जोशी, केन्द्रीय सचिवालय सदस्य जयदेव जोशी लगायत विभिन्न पेशागत संगठनसँग आवद्ध कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार