२३ बैशाख २०८१, आईतवार

बुढीगंगाका मेयर बाँनियालाई बधाई दिइयो



धनगढी / सबैभन्दा पछाडि असार २३ गते भएको निर्वाचनबाट विजयी बाजुराको बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बाँनियालाई बधाई तथा शुभकामना दिइएको छ ।

मेयर बाँनियालाई सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी लगायतले दोसल्ला ओढाएर बधाई दिएका थिए ।

बुढीगंगाका नगरप्रमुख बाँनियाका अनुसार आफूहरुले प्रदेश प्रमुख जोशीलाई समेत दोसल्ला ओढाएर बधाई दिएका बताए ।

धनगढी वडानम्बर १ कटानमा आयोजित कार्यक्रममा बाजुरा पुख्यौली घर भएर हाल धनगढीमा बसोबास गरिरहेकाहरुको बाक्लो उपस्थिति थियो ।

मेयर बाँनियालाई यसअघि बाजुरा बुढीगंगाको वडानम्बर ९ मा पुख्यौली घर भएकाहरुको संस्था जुवापानी सेवा समाज, धनगढीले पनि स्वागत, सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार