१६ चैत्र २०८०, शुक्रबार

दुई युवायुवति झुण्डिएको अवस्थामा फेला परे



बैतडी / बैतडीको सिगास गाउँपालिकामा दुई जना युवायुवती रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

सिगास गाउँपालिका–३, का २० वर्षीय केशव दमाई र १९ वर्षीय रमिता विक वडा नम्बर ५ को खयरकोटमा एउटा चिउरीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै जना चिउरीको रुखको हाँगामा एउटै दुपट्टामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार घटनाबारे प्रहरीलाई बिहीबार राती १० बजे खबर प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार