१२ बैशाख २०८१, बुधबार

छ लेन सडक प्रयोग गर्न सचेतना कार्यक्रम




धनगढी/ दुर्घटना बढ्दै गएको धनगढीको छ लेन सडक प्रयोग गर्ने सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।

मालिकार्जुन दार्चुला सेवा समिति धनगढी कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शनिबार सो कार्यक्रमको आयोजना गरेका थिए ।

सो सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मोहना – अत्तरिया छ लेन सडक खण्डमा प्रहरी निरीक्षक वकिलबहादुर सिंहले छ लेन सडकखण्ड प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी बारे प्रशिक्षण दिएका थिए ।

यस्तै चटकपुर क्षेत्रमा चालक, सहचालक लगायतका सडक प्रयोगकर्तालाई छ लेन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, लेन परिवर्तन गर्ने तरिका, ओभरटेक गर्ने तरिका, सवारी साधनको गति लगायतका विषयमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार