२३ बैशाख २०८१, आईतवार

स्वावलम्वन जीवन पद्वति केन्द्रको साधारण सभा




धनगढी / अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवन पद्वति केन्द्र कैलालीको १४ औँ साधारण सभा शनिबार धनगढीमा भएको छ । संस्थाका अध्यक्ष भीमबहादुर शाहको अध्यक्षतमा भएको साधारण सभाबाट विभिन्न छलफलमाथि निर्णयसमेत गरिएको छ ।

संस्थाको आर्थिक नियमावली २०७८, कर्मचारी सेवा र प्रशासनिक विनियमावली २०७८, घुसविरुद्वको नीति २०७८, सहकारी संस्थाको छलफल र संस्थालाई सुदूरपश्चिम प्रदेशभरका जिल्लाहरुमा सञ्चालन गर्न पाउने विषयमा छलफल र निर्णय गरिएको स्वावलम्वन जीवन पद्वति केन्द्र कैलालीका अध्यक्ष शाहले बताए ।

साधारण सभामा सचिव र कोषाध्यक्षले वार्षिक प्रतिवेद पेश गरेका थिए । संस्थालाई २०६५ सालदेखि २०७६ सालसम्म सरकारी तथा गैह्र सरकारी संस्थाहरुबाट प्राप्त आर्थिक सहयोगबाट गरिएका कार्यहरुको विवरण पेश गरिएको हो । संस्थाले ट्राईसाईकल ४० जना, ह्विलचियर ६० जना र सेतो छडी ४० जना महिला र पुरुषलाई वितरण गरेको जनाएको छ ।

साथै तीन महिने कम्प्युटर तालिम १५ जना, कडाई सम्बन्धि तालिम १५ जना महिला र मोवाईल सम्बन्धि ताल्मि १५ जना महिला र पुरुषलाई उपलब्ध गरिएको छ। संस्थाले धनगढीका १९ वटै वडामा रहेका ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुको चौथो पटक तथ्याङ्क लिई जम्मा ३५९ जनालाई सात लाख ८० हजार बराबरको विभिन्न सहयोग गरेको जनाएको छ । हाल यस संस्थामा ९४ जना साधारण सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार