१५ बैशाख २०८१, शनिबार

टीकापुर खानेपानीमा खत्री



धनगढी / टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा नरेशकुमार खत्री विजयी भएका छन् ।

उनी एक हजार २०५ मत ल्याएर विजयी भए। उनका प्रतिद्धन्द्धी प्रकाशबहादुर बुढाथोकीले ३७२ मत प्राप्त गरे ।

सचिवमा ७२९ मत प्राप्त गरी मनिष बलाएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी चक्र तिमिल्सिनाले ७०१ मत पाए । कोषाध्यक्षमा ६०३ मत प्राप्त गरी विश्राम थारु विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी हिरासिंह विष्टले ४७२ मत र मोतिसिंह खत्रीले ३१४ मत पाए ।

यसैगरी सदस्यमा सरिता रावल थापा ९७३, खड्ग धामी ७७७, नवराज ठकुल्ला६ ३४, भानुभक्त जैशी६८६ र कृष्णीदेवि चौधरी ६५८ मत पाएर निर्वाचित हुनु भएको निर्वाचन अधिकृत काशीराम ढुंगानाले जानकारी दिए ।

नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सिर्जना शर्मा पण्डित यस अघि नै निर्विरोध निर्वाचित भएकी थिइन। तीन वर्षे नयाँ कार्यसमिति चयनका विहीबार भएको मतदानमा दुई हजार २६८ मत खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार