१३ बैशाख २०८१, बिहीबार

संजिवनी अस्पताल विशेष सेवा सहित सञ्चालनमा




धनगढी / धनगढीमा संजिवनी अस्पताल प्रा।ली विशेष सेवा सहित सञ्चालनमा आएको छ ।

२४ सै घण्टा सुदूरपश्चिमका सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका अध्यक्ष दुश्यन्त कुमार बस्नेतले बताए ।

उनले अस्पतालले अहिले शल्यक्रिया,भिडियो एक्स – रे ,इसिजी,फार्मेशी,मुटुको भिडियो एक्सरे,डिजिटल एक्स–रे ,अत्याधुनिक ल्याब सेवा लगायत सेवा दिइरहेको समेत बताए । १५ शैयाको अस्पतालले सेवा शुरु गरेपनि ५० शैया बनाउने आगामी लक्ष्य रहेको बस्नेतले बताए ।

८ करोडको लगानी गर्ने भनिएको सो अस्पतालमा अहिलेसम्म हामीले ३ करोड मात्रै लगानी भएको बस्नेतले बताए । आगामी दिनमा यसलाई थप व्यवस्थित गरिनेछ समेत उनले बताए ।

अस्पताल असार १७ गते देखि संञ्चालनमा आएको हो । अस्पतालमा बिभिन्न रोगका बिशेषज्ञ डाक्टर समेत रहेका छन । अस्पतालले संञ्चालन भएको उपलक्षयमा औषधि,उपचार ,अप्रेसन ,ल्याबमा छुट समेत दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार