४ जेष्ठ २०८१, शुक्रबार

मन्त्री रावल र प्रहरी महानिरीक्षक वीच भेटवार्ता



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहवीच भेटवार्ता भएको छ ।

मन्त्री रावलको कार्यकक्षमा सोमबार दिउँसो उनीहरु वीच भेटवार्ता भएको हो । मन्त्री रावलको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय प्रहरी ऐन नबन्दा भएका समस्या, सुद्युरपश्चिमको विपत र उद्धार, प्रहरीका भौतिक पूर्वाधार निर्माण, शान्ति सुरक्षा, साइवर सम्वन्धी तालिम र लागु पद्धार्थ सेवनको नियन्त्रणमा छलफल भएको थियो ।

छलफलमा प्रहरी प्रदेश मातहत ल्याउनका लागि सङ्घ सरकारलाई प्रदेश सरकार र प्रहरी प्रधान कार्यालयले सुझाव दिन आवश्यक रहेको औल्याइएको थियो ।

मन्त्री डा. रावलले प्रहरीको क्षमता वृद्धी, भौतिक पूर्वाधारमा निर्माणमा सहयोग गर्दा महालेखाले प्रश्न उठाउने गरेको कुरा सो अवसरमा प्रहरी महानिरीक्षलाई बताएका थिए ।

प्रहरी महानिरीक्षक सिंह प्रहरी अस्पतालको उद्घाटन गर्न धनगढी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार