२० बैशाख २०८१, बिहीबार

स्वास्थ कार्यालय धनगढीले दृष्टि फाउण्डेसनलाई २३ हजार सहयोग



धनगढी । धनगढीमा रहेको दृष्टि फाउण्डेसनलाई नगद २३ हजार सहयोग गरेको छ ।

स्वास्थ्य कार्यालय कैलालीले फाउन्डेशनको अबस्थालाई बुझेर कर्मचारीले आफ्नो खाजा खर्च कटाएर उक्त रकम सहयोग गरेको हाे ।

स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत कर्मचारीले ब्यक्तिगत आर्थिक संकलन गरि साे रकम सहयाेग गरेकाे कार्यालय प्रमुख लाल बहादुर धामीले वताए । कार्यालय प्रमख धामीले दृष्टि फाउण्डेसन नेपालकी अध्यक्ष कल्पना भट्टलाई २३ हजार रकम हस्तान्त्रण गरेका हुन । चक्र प्रसाद उपाध्याय, मीन धामी, ओलट नारण चापागाई, रमा गीरी, आशा थापा, मदनराज अबस्थी, प्रदिप जोशी, दिपक जोशी, देवदत्त जोशी लगायतका कर्मचारीबाट रकम संकलन गरि सहयोग गरेको कार्यालय प्रमख धामीले जानकारी दिए ।

मानसिक रोगले बिछिप्त भई सडकमा,सार्वजनिक ठाउमा कष्टकर जीवन बिताई रहेका घरपरिवार र समाजबाट बेवारिसे बनाइएका दिदीबहिनीहरुको उद्वार, उपचार र पुनःस्थापना जस्तो सह्रनिय कार्यको प्रशंसा .सहयोग गरेकोमा अध्यक्ष भट्टले धन्यवाद ज्ञापन गरेकी छिन् । फाउण्डेसनमा अहिले जम्मा ५८ मा १२ जान बालबालीका रहेका फाउण्डेसनकी अध्यक्ष भट्टले वताईन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार