१२ श्रावण २०८१, शनिबार

बुढिगंगाको मतगणना ११ वजेदेखि सुरू हुने





कुल्देमाण्डौ (बाजुरा)/ बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका हिजो भएको निर्वाचन केन्द्रको मतगणना आज ११ बजे देखि सुरू हुने बुढिगंगा निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।

मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए । मतगणना वडा नम्बर १ र १० बाट सुरू हुने भएको छ ।

झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार