११ बैशाख २०८१, मंगलवार

निजामति कर्मचारी संगठनको प्रदेश अध्यक्षमा शाही




धनगढी / नेकपा (एमाले) को शुवेच्छुक नेपाल निजामति कर्मचारी संगठनको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कृष्णबहादुर शाही अध्यक्ष छानिएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा झंकरबहादुर रावल र शिवसिंह धामी उपाध्यक्ष, महादेव जोशी महासचिव, धनवहादुर थापा र मदनबहादुर खड्का सचिव छानिएका छन् ।

यस्तै कोषाध्यक्षमा करिाज कडायत निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा दीपसिंह भण्डारी, दिपकसिंह कुँवर, रतनसिंह बडाल, विष्णुप्रसाद जैसी, पूर्णकुमार विष्ट, वालकृष्ण जोशी, सन्दिप साउद,सूरज परियार,भक्तराज जोशी,रामबहादुर थापामगर, कृष्णबहादुर विष्ट, रुपक खड्का, विन्दुचन्द्र भण्डारी,चानुराम राना,धौले सार्की, नरेन्द्रप्रसाद ठगुन्ना, रतनसिंह बडाल, राधाकृष्ण जोशी, रुपकबहादुर खड्का र शिलवाल साउद निर्वाचित भएका छन् ।

सो अधिवेशनको एमालेका स्थायी समिति सदस्य तथा सुदूरुपश्चिम इन्चार्ज लेखराज भट्टले सोमबार उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार