६ जेष्ठ २०८१, आईतवार

प्रदेशमा अझै अधिकार आएन : मन्त्री रावल



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले अझै सङ्घ सरकारबाट अधिकार नआएको बताएका छन् ।

गण्डकी प्रदेशबाट आएका संसदीय समाचार संकलन गर्ने पत्रकारहरुसंगको भेटघाटका क्रममा मन्त्री रावलले भने हिजो एमालेका अध्यक्ष केपी शर्मा ओलीको दुई तिहाइको सरकारको कालदेखि नै प्रदेशलाई अधिकार दिन खोजिएन । अहिले पनि अधिकार आउने भनिएको छ तर चुनाव अघि आउछ कि पछि स्पष्ट भएको छैन् उनले आशंका व्यक्त गरे ।

मन्त्री रावलले प्रहरी र निजामति कर्मचारी क्षेत्रमा अधिकार नपाउदा काम गर्न कठिनाइ भएको बताए ।

गण्डकी प्रदेशका १६ जना संसदीय पत्रकारहरु क्षमता अभिवृद्धिका लागि अध्ययन, अवलोकन र अनुभव आदान‐ प्रदान सहितको तालिमका क्रममा धनगढी पुगेका हुन । सो टोली यसअघि लुम्विनी र कर्णाली प्रदेश पुगेको थियो ।

टोलीका सदस्यहरुले मन्त्री रावलसंग विभिन्न खालका जिज्ञासा राखेका थिए ।

सो अवसरमा गण्डकीको संसदीय पत्रकार मञ्चका कार्यवहाकअध्यक्ष अमृत सुवेदी, संसदीय मामिला पत्रकार समाजका सुदूरपश्चिम अध्यक्ष प्रकाशविक्रम शाह लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन संसदीय मामिला पत्रकार समाजका सुदूरपश्चिमका सचिव भीम चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार