१६ चैत्र २०८०, शुक्रबार

छ महिनाको अवधिमा कैलालीमा १३२ घटनामा १३४ पीडित




धनगढी/ कैलालीमा ६ महिनाको अवधिमा एक सय ३४ जना पीडित भएका छन् ।

सन् २०२२ जनवरीदेखि जुन महिनासम्म कैलालीमा एक सय ३२ घटनामा एक सय २५ महिला र नौ जना पुरुष गरेर एक सय ३४ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खड्कराज जोशीका अनुसार छ महिनाको अवधिमा कैलालीमा अधिकारबाट ९७ जना, घरेलु हिंसाबाट ८८ जना, जवरजस्तीकरणीबाट आठ र बहुविवाहबाट एक महिला तथा बालअधिकारबाट २४ जना पीडित भएको बताए ।

क्षेत्रीय संयोजक जोशीका अनुसार सोमध्ये जवरजस्तीकरणीबाट १७, बेचबिखनबाट दुई, यौन दुव्र्यवहारबाट चार, जवरजस्तीकरणी प्रयासबाट एक जना तथा परिवारजनबाट दुई जना महिलाको हत्या र एक महिला घाइते भएका छन् ।

सो अवधिमा अन्य पक्षबाट दुई जना पुरुषको हत्या, दुई जना कुटपिटबाट घाइते र तीन जनामाथी दुरव्यवहार गरिएको इन्सेकमा अभिलेख रहेको संयोजक जोशीले बताए । एक जनाले पत्नीको हत्यापछि आत्महत्या र एक जना कारागारमा मृत्यु भएको उनले बताए ।

इन्सेक क्षेत्रीय कार्यालय धनगढीले जिल्लाको मानवअधिकार अवस्थाका बारेमा जानकारी गराउने उद्धेश्यले बिगत लामो समयदेखि अर्धवार्षिक र वार्षिक रुपमा नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार