२३ बैशाख २०८१, आईतवार

धनगढीमा युवा संघ र अनेरास्ववियुद्वारा सरकारी सवारीसाधन चलाउन रोक



धनगढी / मूल्य बृद्विकाे विराेधमा सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीमा सरकारी सवारीसाधन साधन चल्न राेक लगाइएको छ ।

नेकपा एमाले सम्बद्व अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीले पेट्रोलियम पदार्थ र दैनिकी उपभाेग्य वस्तुको मूल्य बृद्विकाे विराेधमा बिहान १० बजेदेखि पाँच बजेसम्म सरकारी सवारीसाधन चल्न नदिने जनाएको छ ।

युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ-ठाउँमा राेकेर साँचो थुतिदिएका छन् ।

धनगढीकाे एलएन चाेकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी माेटरसाइकल नियन्त्रणमा लिइएकाे राष्ट्रिय युवा संघ धनगढी नगर कमिटी संयाेजक अभिषेक नाथले बताए ।

उनले नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छोडिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार