१० श्रावण २०८१, बिहीबार

एकल महिलालाई खरमा जलाइयो




दार्चुला / सुदूरपश्चिम प्रदेशको दार्चुलाको शैल्यशिखर नगरपालिका, बलाचमा खरमा जलाइएको अवस्थामा बुधबार बिहान एक महिलाको शव फेला परेको छ ।

प्रहरीले शैल्यशिखर नगरपालिका–१, बलाचका ४५ वर्षकी अनिभा खडायतलाई खरमा जलाएको पुष्टि गरेको छ । अनिभाका श्रीमानको सात वर्षअघि मृत्यु भइसकेको बताइएको छ ।

घटना बुधबार राती भएको बताइएको छ । प्रहरीले अनिभाको घर नजिकैको खरको कुन्यूमा बिहान चार बजेतिर उनको जलेको अवस्थामा शव बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीका अनुसार घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका– १ बारिलकी ४५ वर्षीया अनिभा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल बलाँचतर्फ गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार