१ पुष २०८२, मंगलवार

स्वच्छ, सफा टोल अभियानमा जुटे, स्थानीय




धनगढी / धनगढी उपमहानगरपालिका–१ को लक्ष्मी बुद्धनगर टोलबासीहरु स्वच्छ, सफा तथा हरियाली टोल अभियानमा जुटेका छन् ।

टोलबासीहरुले शनिबार सामुहिक रुपमा टोल सफा गर्नुका साथै संकलित फोहोर उपमहानगरपालिकाको ट्याक्टरमार्फत पठाएका थिए ।

टोलबासीले घरआगन, सडक तथा सार्वजनिक जग्गामा फालिएका फोहोर संकलन गर्नुका साथै सडक बढारेका थिए ।
टोल सरसफाई अभियानमा नगर प्रमुख गोपाल हमाल तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी र सदस्यहरु सत्यादेवी जोशी, धर्मराज उपाध्याय पनि केही समय सहभागी भएका थिए ।

लक्ष्मी बुद्धनगर टोल विकास संस्थाका अध्यक्ष सुवास चन्दले टोल स्वच्छ र सफा राख्नका लागि हरेक साता सरसफाई अभियान सञ्चालन गरिने बताए ।

टोल विकास संस्थाको गत साता भएको बैठकले टोलका खोला, नाली, सडक तथा सार्वजनिक जग्गामा सरसफाई गर्ने, प्रत्येक परिवारले आआफ्नो घरआगन र अगाडीको सडक सफा गर्ने, सकेसम्म रुखविरुवा रोप्ने लगायतका निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार