१० श्रावण २०८१, बिहीबार

अधिकारकर्मी रैकालाई युवा प्रतिभा राष्ट्रिय सम्मान




धनगढी / कैलालीका अत्यन्तै सकृय सामाजिक अभियन्ता एंव अधिकारकर्मी राजेन्द्र रैका यस वर्षको युवा प्रतिभा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।

विगत दुई दशकदेखि मानवअधिकार सामाजिक न्याय र युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव रुपान्तरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै कैलाली जनपुस्तकालयले आफ्नो ६५औं वार्षिकोत्सवमा अभियन्ता रैकालाई राष्ट्रिय सम्मान प्रदान गरेको हो ।

एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले माला, दोसल्ला सम्मान पत्र सहित युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ ले सम्मान गरेका थिए ।

सम्मान प्राप्त गर्दे अधिकारकर्मी रैकाले यो महत्त्वपूर्ण सम्मानले आफूलाइ थप उर्जा र थप जिम्मेवारी बोध गराएको बताए । रैका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहि कृयाशिल छन् । समारोह अन्य विभिन्न विधाका श्रष्टाहरुलाई समेत सम्मान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार