१० श्रावण २०८१, बिहीबार

नीति कार्यक्रम र बजेटबीच तालमेल मिलाउन सुझाव



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट एक अर्कासंग अनुशरण गर्ने गरि ल्याउनुपर्ने प्रतिपक्ष दलहरूले सुझाव दिएका छन् ।

प्रदेश सभाको दशौं अधिवेशनको पहिलो बैठकमा दलगत रुपमा शुभकामना आदान प्रदानका लागि विशेष समयमा बोल्दै प्रतिपक्ष दलहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा एक रुपता हुनुपर्ने सुझाव दिएका हुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले विगत चार वर्षको अवधिमा नीति तथा कार्यक्रमसंग बजेटले मेल नखाने गरि सदनमा पेश भइरहेको बताए । ‘विगतमा नीति तथा कार्यक्रम एक किसिमले आउने र बजेट अर्को किसिमले आउने गरेको थियो’ उनले भने– अबको नीति तथा कार्यक्रम र बजेटमा त्यस्तो नहोस् । अबको नीति तथा कार्यक्रम र बजेट परिस्कृत, परिपक्व, प्रदेशको वास्तविक समस्यालाई टेकेर बनोस ।’

उनले प्रदेश सरकारले प्रदेशमा बढीरहेको महंगी नियन्त्रणमा भुमिका निर्वाह गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । ‘अहिले भान्सादेखि पेट्रोलसम्मका सामान खरिद गर्न सक्ने अवस्था छैन । महंगीको मारमा यहाका जनता छन्’ उनले भने, ‘तर, हाम्रो प्रदेश सरकारले महंगी नियन्त्रण गर्न न त भूमिका निर्वाह गर्न सकेको छ, न त कुनै योजना नै बनाउन सकेको छ ।’

उनले प्रदेश सरकारले प्रदेशमा शान्ति सुरक्षा कायम गराउन पनि कुनै भुमिका निर्वाह गर्न नसकेको आरोप लगाए । ‘स्थानीय तहको निर्वाचन प्रदेशका धेरै जिल्लामा शान्तिपूर्वक सम्पन्न भएका छन् । केही जिल्लामा फाटफुट घटना भए । धेरै ठूलो घटना नभए पनि निर्वाचनमा मानिस घाइते भएका छन् । अस्पताल भर्ना भएका छन् । यो दुःखद घटना हो’ उनले भने– निर्वाचनलाई भयरहित, शान्तिपूर्वक सम्पन्न गराउनमा प्रदेश सरकारले भुमिका निर्वाह गर्नुपर्ने थियो तर, त्यस अनुसार काम भने गर्न सकेन ।’

उनले प्रदेशमा हत्या, हिंसा, बलात्कार, अन्याय अत्याचार, दमन, शोषण तथा ठाउँपिच्छे फरक–फरक घटनाहरू भईरहेको बताए । उनले प्रदेशका जनतालाई शान्तिको अनुभुति गराउन तर्फ प्रदेश सरकार थप जिम्मेवार हुनुपर्ने बताए ।

प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्ण चौधरीले प्रदेश सरकारले आगामी बजेट प्रदेशको समग्र विकास र आम नागरिकको जनजिवन उकास्ने गरि ल्याउनुपर्ने सुझाव दिए । उनले भने– प्रदेश संरचनाको चार वर्ष पुरा भई हामी पाँचौ वर्षमा छौं ।

यस अवधिमा विगतको तुलनामा थुप्रै राम्रा काम भएका छन् । पूर्वाधार विकासदेखि सामाजिक, आर्थिक, राजनीतिक विकासमा सुधार भएको छ । अबको बजेट विगतको निरन्तरताभन्दा जनताको वास्तविक अवस्थालाई ध्यानमा राखेर आउनुपर्छ ।’ उनले प्रदेश सरकारले आफनो कार्यकालको समिक्षा गर्न पनि आवश्यक रहेको बताए ।

प्रतिपक्षी दलकी प्रदेश सभा सदस्य मालामति राना भने प्रदेश सरकारप्रति बढी आक्रामक भईन । उनले सानो दल भएकै कारण प्रदेश सरकारले आफुहरूलाई सम्मान दिन नसकेको, आफुले ल्याएका राम्रा विकास योजना बजेटमा नसमेटेको, आफना सुझावहरूलाई प्रदेश सरकारले ग्रहण नगरेको भन्दै उनी आक्रामक भएकी थिइन ।

उनले भनिन– हामी सानो दल भन्दै चार वर्षसम्म प्रदेश सरकारले कुनै पनि हाम्रा कुराको अनुशरण गरेन । झण्डै एक महिना २२ दिन अघि नया“ गठन भएको सरकारमा तत्कालिन प्रमुख प्रतिपक्षी दलका नेता अहिले सरकारमा छन् । हाम्रा समस्या राम्रोसंग बुझेका उनले पनि अहिलेसम्म कुनै समस्याको सम्बोधन गरेका छैनन ।’ उनले नीति तथा कार्यक्रम र बजेटमा आफना सुझाव राख्न पाउने अधिकार रहेको बताइन ।

उनले अहिलेसम्म प्रदेश सरकारले दलको कार्यालयमा कार्यालय सहयोगीको व्यवस्था गर्न नसकेको बताइन । प्रदेश सभा सदस्य रानाले भनिन– प्रमुख प्रतिपक्षी दल हुदा तत्कालिन सरकारलाई अन्धो सरकारको संज्ञा दिएका थिए । तर, अहिलेको सरकार घोडाको टाप जस्तै बनेको छ ।’

उनले अब आउने बजेटमा पनि प्रदेश सरकारले आफना योजनाहरू नसमेट्ने दाबी गर्दै भनिन–‘साना दल भनेर मात्र होइन थारु/राना समुदाय, वादी, मुक्त कमैया वर्ग भनेर पनि यो सरकारले हामीलाई अपमान गरेको मलाई महशुष भएको छ । अबको निर्वाचनमा हेर्दै जाउ तराईमा कतिका दलका नेता जितेर आउने छन् ।’

उनले बाढी तथा पहिरो प्रभावितहरूले अहिलेसम्म राहत पाउन नसकेको बताउ“दै ‘यो सरकारले भन्छ बाढी पहिरोमा विभिन्न ठाउ“मा राहत वितरण गरेको, प्रभावित परिवारलाई सहयोग गरेको भन्दै दाबी गर्छ । हामीले त कतै वितरण गरेको पाएका छैनौं । यसको अभिलेख यथाशिघ्र सदनमा जानकारी गराईनुपर्छ ।’

सत्तापक्षकी एकीकृत समाजवादी पार्टीकी प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले अबको बजेट, नीति तथा कार्यक्रम जनतामुखी र जिवनशैलीसंग मेल खाने गरि जनताको जिवनस्तर उकास्नमा केन्द्रित हुनुपर्ने बताइन । उनले अधुरा प्रदेश गौरवको योजना निरन्तरतासंगै सामाजिक विकासमा विगतका बजेटमा छुट भएका कार्यक्रमलाई बढी महत्व दिई ल्याउनुपर्ने बताइन ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले कानुन, विधी, नियमलाई भोली आउने पुस्ताले पनि ग्रहण गर्न सक्ने गरि प्रदेश सरकारले काम गरेको बताए ।

उनले प्रदेश सरकारको काम कानुन निर्माण मात्र नभई प्रदेशलाई मोडल बनाउने जिम्मेवारी पनि रहेको बताए । उनले भने– यसका लागि प्रदेश सरकारले सबैको सल्लाह, सुझाव, रायलाई ग्रहण गर्दै प्रदेशको दीर्घकालिन योजना निर्माण गरि काम गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार