२३ बैशाख २०८१, आईतवार

लम्कीचुँहामा मेयर र उपमेयरमा महिला




धनगढी / कैलालीको लम्कीचुँहा नगरपालिकाको मेयर र उपमेयरमा महिला छानिएका छन् । काँग्रेसकी शुशिला शाही मेयर र जुना चौधरी उपमेयर विजयी भएका हुन ।

मेयर शाही नेपाली काँग्रसबाट र उपमेयर चौधरी एमालेबाट उम्मेदवार भएकी थिइन ।

मेयर शाहीले १२ हजार ७१३ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन्। वजगाई निवर्तमान मेयर हुन ।

नेतृ शाही यसपटकको चुनावबाट महिला मेयरका रुपमा दोस्रो मेयर समेत भएकी छन् । यसअघि अछामको पञ्चदेवल विनायकबाट काँग्रेसकै अम्विका चलाउने पनि मेयर छानिएकी छन् ।

यस्तै लम्कीचुँहा नगरपालिकाको उपप्रमुखमा चौधरीले ११ हजार ७८ र उनकी प्रतिस्पर्धी माओवादीकी जानकीकुमारी शाहीले आठ हजार ३०८ मत ल्याएकी छन्।

यी हुन लम्कीचुँहाका १० वडाका वडाअध्यक्षहरु
१ नेत्रप्रसाद खनाल, एमाले
२ सन्तोषकुमार ओली, एमाले
३ लवबहादुर शाही, काँग्रेस
४ ताराप्रसाद अधिकारी, एकीकृत समाजवादी
५ माया विष्ट, माओवादी
६ लोकेन्द्र कठायत काँग्रेस
७ भगवानदिन चौधरी, काँग्रेस
८ हरीराम चौधरी, स्वतन्त्र
९ रामप्रसाद चौधरी, काँग्रेस
१० हर्कबहादुर कठरिया, काँग्रेस

र यो पनि ……

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार