१२ बैशाख २०८१, बुधबार

बाजुराको जगन्नाथमा एमाले विजयी, एमालेका जिल्ला अध्यक्ष शाही बने फेरि पालिका अध्यक्ष




मार्तडी / बाजुराको जगन्नाथ गाउपालिकाको अध्यक्षमा फेरि एमालेका जिल्ला अध्यक्ष समेत रहेका कालीबहादुर शाही विजयी भएका छन् । शाही ०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

शाहीले दुई हजार ३१९ मत ल्याएर र प्रतिद्धन्दी काँग्रेसका सुन्दर विष्टले एक हजार ८७० मत पाए । शाही र विष्टको मतान्तर ४४९ छ ।

उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्धार मरुकला विष्ट विजयी भएकी छन् । उनी गठबन्धनका तर्फबाट उम्मेद्धार बनेका नेकपा (एकीकृत समाजवादी) का धर्मबहादुर शाहीलाई ५३० मतको फरले हराउन सफल भइन ।

नेकपा एमालेकी उम्मेदवार विष्टले दुई हजार १८३ शाहीले एक हजार ६८० मत पाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार