१४ बैशाख २०८१, शुक्रबार

डडेल्धुराको परशुराम नगरपालिकामा २८ र ३१ वर्षका युवा बने मेयर,उपमेयर



डडेल्धुरा / डडेल्धुराको परशुराम नगरपालिकाले २८ र ३१ वर्षीय युवाको नेतृत्व पाएको छ । मेयरमा नेपाली कांग्रेसका २८ वर्षीय भरत बडायर जोशी र उपमेयरमा माओवमदीकी ३१ वर्षीया विमलाकुमारी बोहोरा निर्वाचित भइन ।

जोशीले माओवादी केन्द्रका शेरसिंह माल डायमण्डलाई १३६ मतान्तरले पराजित गरेका छन् । मेयरमा निर्वाचित जोशीले पाँच हजार ९४१ मत ल्याए भने माओवादीका डायमण्डले ५८०५ मत पाए । मेयर पदमा एमालेका उम्मेदवार केशव बोहराले २६०६ मत पाए।

उपमेयरमा माओवादी केन्द्रकी विमलाले उनले पाँच हजार ८८५ ल्व पाइन भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकै कलावती बोहोराले चार हजार ५९३ मत पाइन । एमालेकी गोमती पन्तले तीन हजार २९६ मत पाइन ।

पर्शुराम नगरपालिकामा कांग्रेस, एमाले र माओवादी एक्लाएक्लै चुनावमा होमिएका थिए । ०७४ को चुनावमा परशुराम काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार