७ बैशाख २०८१, शुक्रबार

दार्चुलाको मालिकार्जुनको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी निर्वाचित



दार्चुला / दार्चुला दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा पत्रकारिताको पृष्ठभूमीका नेकपा ( एमाले )का उम्मेदवार हिरासिंह धामी निर्वाचित भएका छन् । उनले चार हजार ३४ र उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्रसिंह धामीले तीन हजार ३२२ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी तीन हजार ५६६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले तीन हजार ३२२ मत पाइन ।

नौ पालिका रहेको दार्चुलामा यो सहित सात पालिकाको नतिजा आएको छ । अव दुहु र व्यास गाउँपालिकाको परिणाम आउन वाँकी छ ।

नतिजा आएका सात पालिकामध्ये महाकाली, शैल्यशिखर र मालिकार्जुनमा एमालेमा विजयी भएको छ । भने नौगाड, लेकम, मार्मा र अपिहिमाल गाउँपालिकामा माओवादीले जितेको छ । नेपाली काँग्रेसले कुनै पनि पालिकाका जित्न सकेको छैन ।

यद्यपी काँग्रेसले माओवादीसंगको गठवन्धनबाट मार्मा, अपिहिमाल र नौगाड गरेर तीन उपाध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार