३० बैशाख २०८१, आईतवार

समाजवादीको कैलालीमा खाता खुल्यो गौरीगंगा नगरपालिका २ साउद फेरि वडाअध्यक्षमा विजयी




धनगढी / गौरीगंगा नगरपालिका वडा नम्बर २ मा नेकपा (एकीकृत समाजवादी) का जनक साउद फेरि निर्वाचित भएका छन् ।

उनले नेपाली काँग्रेसका किरण मल्ललाई पराजीत गरेका हुन । साउदले ६९५ र मल्लले ६७९ मत पाएका छन् । साउद ०७४ को चुनावमा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै वडा सदस्यमा समाजवादीका जानकी चौधरी, माओवादीका कलक चौधरी तथा भगवती विक र काँग्रेसका हरिश चन्द विजयी भएका छन् ।

गौरीगंगामा मेयर माओवादी र उपमेयर काँग्रेस, एकीकृत समाजवादीको समेत गठवन्धन गरेर लडेका छन् । भने अधिकांश वडामा तीनै दलका उम्मेदवार छन् । तर वडा नम्बर २ मा भने समाजवादी र माओवादी मिलेर चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार