३० बैशाख २०८१, आईतवार

प्रधानमन्त्री देउवापछि लेखराज भट्ट भोट पनि काम नलागेपछि




अत्तरिया / कैलालीको गोदावरी १ मा नेपाली काँग्रेस उम्मेदवार गोपालदत्त भट्ट विजयी भएका छन् । उनले एक हजार४७१ मत पाएका छन् ।

सो वडामा एमालेका उम्मेदवार शर्मानन्द भट्टले एक हजार ३८१ मत प्राप्त गरेका छन् । ०७४ को निर्वाचनमा माओवादीबाट जितेका शर्मानन्दले काँग्रेसका उम्मेदवार गोपाल दत्त भट्टलाई नै हराएका थिए ।

वडा नम्बर १ नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको पनि वडा हो ।

यसअघि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मतदान गरेको डडेल्धुराको गन्यापधुरा १ मा पनि काँग्रेसका वडा अध्यक्ष पनि पराजित भएका थिए । यद्यपी सो पालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष सहित बाँकी चारै वडा काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार