१० श्रावण २०८१, बिहीबार

महिलालाई आयआर्जनसंग जोड्छु– अधिकारी



धनगढी / नेकपा माओवादी केन्द्रबाट गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार शान्ति अधिकारी क्षेत्रीले महिलाहरूलाई सीपमुलक तालिम दिएर आयआर्जनसंग जोड्ने बताएकी छन् ।

धनगढी उपमहानगरपालिका–१२ बंग्राकटानमा आइतबार आयोजित चुनावी सभामा उनले महिलाहरूको आर्थिक अवस्था सुधारका लागि व्यवसायिक तालिमहरू दिएर आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको बताइन् ।


‘अन्याय र हिंसामा परेका महिलाहरूलाई न्याय दिलाउनका लागि पनि म कटिवद्ध भएर लाग्नेछु’ उनले भनिन्, ‘सीपमुलक तालिममार्फत् उद्यमी बनाएर महिलाहरूलाई आयआर्जनमा जोड्ने मेरो योजना छ ।’

बेरोजगार युवाहरूलाई पनि कृषिमा जोडेर स्वरोजगार बनाउने कार्यक्रम आफूले सञ्चालन गर्ने उनले बताइन् ।
उनले बेरोजगारी समस्या न्यूनिकरणका लागि युवाहरूलाई कृषिसँग जोड्न आवश्यक रहेको बताइन् ।

शिक्षा र स्वास्थ्यको विकासका पनि आफ्नो टीमले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता उनले जनाइन् । ‘शिक्षा र स्वास्थ्य महत्वपूर्ण विषय हो । शिक्षा र स्वास्थ्यको स्तरोन्नतिका लागि हामीले काम गर्नेछौ“’ अधिकारीले भनिन्, ‘कृषि उपजको बजारीकरणमा पनि हामीले ध्यान दिनेछौ“ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार