१६ बैशाख २०८१, आईतवार

गठवन्धनको निर्णय : फिर्ता लिन छुटेकाहरु आधिकारिक होइनन्



धनगढी / कैलालीको तीन दलिय गठवन्धनले बैशाख १२ गते मनोनयन दर्ता गरेका तर १६ गते समय अभावको कारण मनोनयन फिर्ता गर्न नसकेका उम्मेदवारहरु आधिकारिक नभएको बताएका छन् ।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मलेलमा बताइए अनुसार नेकपा (एकीकृत समाजबादी) को तर्फबाट चुरेमा उपाध्यक्ष पदमा मनोनयन दिएका कृष्णकुमार खत्री , नेकपा (माओवादी केन्द्र) बाट चुरेकै अध्यक्षका उम्मेदवार टेकबहादुर रजबार , सोही पार्टीका उपाध्यक्षका उम्मेदवार डिला सिजापति ,कैलारी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार रामसमझ चौधरी , सोही पालिकामा माओवादीको तर्फबाट लक्ष्मी सत्गवाथारु गठबन्धनका उम्मेदवार होइनन् ।

यस्तै नेपाली काङ्ग्रेस को तर्फबाट जोशीपुर गाउँपालिकाको उपाध्यक्ष किरण चौधरी र गोदावरी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट प्रमुखका उम्मेदवार विक्रम विक र उपप्रमुखका उम्मेदवार रीमा खड्का गठबन्धनका उम्मेदवार नभएको पत्रकार सम्मेलनमा बताइएको थियो ।

पत्रकार सम्मेलनमा गठबन्धन विपरित चुनावमा सहभागी हुने नेता कार्यकर्तालाई कार्बाही हुने पनि बताइएको थियो ।
पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दीर्घ सोडारी, माओवादीका प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र नेपाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टको उपस्थिति थियो ।

आधिकारिक उम्मेदवार होइनन् भन्ने प्रेस विज्ञप्तीमा पनि सोडारी, चौधरी र भट्टको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार