६ जेष्ठ २०८१, आईतवार

चुनावमा गैरसरकारी संस्थाहरु निश्पक्ष रहनु पर्नेमा जोड




धनगढी / निर्वाचन पर्यवेक्षणमा नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रम शनिबार धनगढीमा भएको छ ।

गैरसरकारी संस्था महासंघ, सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको सो छलफलमा प्रदेश अध्यक्ष देवीप्रसाद खनालले चुनावमा नागरिक संस्थाको भूमिकाका बारेमा प्रस्तुती गरेका थिए ।

चुनावमा नागरिक समाजको भूमिका बारे गैसस महासंघका केन्द्रीय सचिव भवराज रेग्मी, उपभोक्ता हीत संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढुंगेल, एलाइन्सका केन्द्रीय सचिव शेरबहादुर बस्नेत, अधिकारकर्मी कौशिला चौधरी, संगिता अधिकारी, कृष्ण विक लगायतले आफ्ना सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार