निर्वाचन पर्यवेक्षणका लागि प्रशिक्षकहरुको प्रशिक्षण

धनगढी / निर्वाचन पर्यवेक्षणका लागि प्रशिक्षकहरुको प्रादेशिक प्रशिक्षण धनगढीमा भएको छ ।
राष्ट्रिय निर्वाचन पर्वेक्षण समिति (नियोक) द्धारा आयोजित सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला र प्रदेश कमिटीका गरेर २९ जनाको सहभागिता थियो ।
सो अवसरमा निर्वाचन पूर्वको पर्यवेक्षण, निर्वाचनको वेलाको पर्यवेक्षण, निर्वाचन पश्चातको पर्यवेक्षण गर्ने तरिका वारे छलफल गरिएको थियो ।
सो अवसरमा निर्वाचन आयोगका प्रेमराज भट्टले निर्वाचन कार्यक्रम, मतदान स्थल निर्वाचन आचारसंहिता वारे जानकारी गराएका थिए ।
उनले आचारसंहिता नैकित वन्धन भएको बताउदै उलंघन गर्नेलाई कारवाही भएका उदाहरण पनि प्रस्तुत गरेका थिए ।
सो अवसरमा नियोकका विकल श्रेष्ठले कल सेन्टर वारे र सावित्रा घिमिरेले निर्वाचनको दिनको महिला मैत्रीको अवस्था वारे प्रस्तुती गरेका थिए ।
कार्यक्रमको नियोकका प्रदेश अध्यक्ष देवीप्रसाद खनाल र एफएचआई इर्साद अन्सारी समेतले सहजीकरण गरेका थिए ।
सो कार्यक्रममा नियोकका प्रदेश सदस्य कौशिला चौधरीले स्वागत र कोषाध्यक्ष धनपति ढुंगेलले समापन गरेका थिए ।




