१० श्रावण २०८१, बिहीबार

नागरिक उन्मुक्ति पार्टीद्धारा चुनाव प्रचार प्रसार समिति गठन




जानकी (कैलाली) / नागरिक उन्मुक्ति पार्टी जानकी गाउ कमिटिले स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार मुल समिति गठन गरेको छ ।

गाउ कमिटीको बैठकबाट ललित ताम्रकारको संयोकत्वमा चुनाव प्रसार मुस समिति गठन गरेको हो ।
मुल समितिले जानकी गाउपालिकामा नागरिक उन्मुक्ति पार्टीलाई जिताउन विभिन्न खालको प्रचार प्रसार रणनीति बनाएर जनतासित मत माग्ने जनाएको छ ।

प्रचार प्रसार मुल समितिले गाउपालिकाका विभिन्न स्थानमा सभा तथा भेटघाट लगायतका कार्यक्रम गर्ने बताइएको छ ।

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको जानकी गाउ कमिटिले चुनाव प्रचार प्रसारका लागि अनुगमन समितिको संयोजकमा जगतबहादुर चौधरी, युवा परिचालन समितिको संयोजकमा उमेश चौधरी , महिला परिचालन समितिको संयोजकमा भीमा महतौ रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार