झापाको कचनकवलमा राप्रपा हराउन काँग्रेस र एमालेबीच तालमेल

धनगढी / झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई हराउनका नेपाली कांग्रेस र नेकपा (एमाले) तालमेल हुने भएको छ ।
कचनकवलको अध्यक्षमा काँग्रेसका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवार उठ्ने बताइएको छ । काँग्रेस झापाका सभापति देउमान थेबेले सहमति हुने बताएको खवर विभिन्न अनलाइनमा छ ।
कचनकवल राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रमा पर्ने पालिका हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कचनकवलको अध्यक्षमा राप्रपा उम्मेदवार अन्जरा आलाम र उपाध्यक्षमा राप्रपाकै उम्मेदवार निमसरी राजवंशी विजयी भएकी थिइन् ।
कचनकवलमा कांग्रेसले कालेन्द्रप्रसाद सिंह राजवंशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनी २०७४ सालको निर्वाचनमा आलमसँग पराजित भएका थिए । उपाध्यक्षमा एमालेले नवराज भट्टराईलाई अघि सारेको छ ।
२०६८ को जनगणना अनुसार सो पालिकामा ३९५३५ जनसंख्या छ ।




