२१ बैशाख २०८१, शुक्रबार

स्थानीय तहमा दलितको उचित प्रतिनिधित्व नभएको गुनासो



धनगढी / दलित अगुवाहरुले सुदूरपश्चिममा १८.९ प्रतिशतमा बसोबास रहे पनि स्थानीय तहमा निक्कै कमजोर प्रतिनिधित्व भएको बताएका छन् ।

शनिवार धनगढीमा आयोजित आगामी स्थानीय तहको निर्वाचनमा दलितहरुको समावेशीकरण विषयक सुदूरपश्चिम स्तरिय अन्तरक्रिया कार्यक्रम बोल्दै दलित अगुवाहरुले अव स्थानीय तहमा प्रतिनिधित्व गराउन पहल गर्नु पर्ने बताएका थिए ।

दलित अगुवा मिलन परिवारले आफूले सबै दलमा दलित उम्मेदवार बनाउनका लागि पहल गरिरहेको बताए ।

सो अवसरमा अधिवक्ता पुष्पविक्रम शाहीले स्थानीय तहमा दलितको अवस्था बारे प्रस्तुती गरेका गर्नु भएको थियो । उनले सुदूरपश्चिममा ८८ स्थानीय तहमा अहिले दलित समुदायका पाँच जना मात्र प्रमुख/उपप्रमुख रहेको बताए । यस्तै खुला क्षेत्रबाट २६ जना महिला सदस्य र आरक्षण तर्फबाट ७२९ महिला सदस्य रहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट धनगढी उपमहानगरको उपप्रमुखमा प्रस्तावित रोजी बस्नेतले हार्ने ठाउँमा मात्र दलित समूदायलाई उम्मेदवार बनाउने गरेको गुनासो गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव नृप सुनार, नेकपा (एकीकृत समाजवादी) का उपसचिव दीर्घ जोशी र नेकपा (माओवादी केन्द्र) का गोविन्द विक विकासले दलित प्रतिनिधित्व बढाउने प्रयास गर्ने प्रतिवद्धता गरे ।

कार्यक्रम आयोजक संस्था राष्ट्रिय दलित नेटवर्कका कार्यवहाक अध्यक्ष मोहन वडको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा पार्वती आग्रीले स्वागत तथा हुकुम कार्कीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार