२१ बैशाख २०८१, शुक्रबार

आसन्न स्थानीय निर्वाचन : जनप्रतिनिधिहरू राजिनामा दिँदै



धनगढी / स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा कैलालीका स्थानीय तहमा रहेका जनप्रतिनिधीहरूले पदबाट राजीनामा दिन थालेका छन् ।

निर्वाचन आयोगले स्थानीय तहमा उम्मेदवार हुन चाहने जनप्रतिनिधीले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेअनुसार जनप्रतिनिधीहरूले पदबाट राजीनामा दिन लागेका हुन ।

कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरी पुन नगर प्रमुखमा दाबेदार रहेका छन् । उनले शुक्रबार उपप्रमुख प्रेमकुुमारी थापालाई राजीनामा पत्र बुुझाएका हुन् ।

निर्वाचन आचारसंहिता लागुु भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा पुुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको हुँ, चौधरीले भने ।

नेकपा एमाले कैलालीका उपसचिवसमेत रहेका चौधरी २०७४ सालमा भएको निर्वाचनमा घोडाघोडी नगरपालिकाको नगर प्रमुखमा विजयी भएका थिए । चौधरीले माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई पराजीत गरेका थिए ।

यस्तै पुुनः दोहोरिने भन्दै नेकपा एमालेबाट निर्वाचित घोडाघोडी नगरपालिका–१ का वडाध्यक्ष मनराज शाही, ५ का वडाध्यक्ष प्रेम रोकाया, ९ का वडाध्यक्ष कृष्ण शाहले समेतले पदबाट राजीनामा दिएका छन् ।

यस्तै नेपाली कांग्रेसबाट विजयी वडा नम्बर ८ का अध्यक्ष भीम बोगटीले पनि राजीनामा दिएका छन् ।

यस्तै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले पदबाट राजीनामा दिएका छन्् । पुनः अध्यक्षमा उम्मेदवारी दिने भन्दै तिवारीले पदबाट राजीनामा दिएका हुन ।

तिवारी नेकपा माओवादी केन्द्रका समन्वय समितिका सदस्य समेत हुन् । तिवारी २०७४ सालमा भएको निर्वाचनमा गौरीगंगा नगरपालिका ९ को अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार