१० श्रावण २०८१, बिहीबार

कैलालीका एसपिको काज सरुवा




धनगढी / जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक विश्व अधिकारीको काज सरुवापछि उनको स्थानमा सोमेन्द्रसिंह राठौर आउँदैछन ।

अधिकारीको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएपछि उनको स्थानमा एसपी सोमेन्द्रसिंह राठौर कैलाली प्रहरीको कमाण्ड सम्हाल्न आउने भएका हुन् ।

काज सरुवा गरिएका अधिकारी २०७८ असार तेस्रो साता कैलाली आएका थिए । करिब १० महिना पुरा गरेका अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोमा तानिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कैलालीमा एसपी सोमेन्द्रसिंह राठौरलाई पठाएका हुन् ।

एसपी दर्जासम्मका प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सक्ने नियम भए पनि व्यवहारमा भने गृह वा सरकार प्रमुखसम्मको इच्छाअनुसार हुने गरेको प्रहरी अधिकृतहरू बताउछन् ।

निर्वाचन आचारसंहिता जारी भइसकेको हालको अवस्थामा भने आयोगको स्वीकृति लिएर प्रधान कार्यालयले प्रहरी अधिकृत फेरबदल गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार