१० श्रावण २०८१, बिहीबार

सत्यको अधिकार दिवस मनाइयो



धनगढी । कैलालीको धनगढीमा १२ औं अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस मनाइएको छ ।

राज्य पक्षबाट भएका ज्यादतिका घटनाबारे सत्यतथ्य कुरा सार्वजनिक हुनुपर्ने भन्दै यो दिवस हरेक वर्ष मार्च २४ का दिन मनाईदै आएको छ ।

बिहिबार गम्भिर मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य सार्वजनिक गर, द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्न माग सहित एडभोकेसी नेपालको आयोजनामा धनगढीमा सरोकारवालाहरूसंग छलफल गरिएको हो ।

छलफलमा मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज जोशीले अझै पनि सरकारले द्वन्द्वप्रभावित परिवारको अधिकार सुनिश्चित गर्न नसकेको बताए । ‘सर्वोच्च अदालतलेनै आयोगले सिफारिस गरेको निर्णय हुँवहुँ कार्यान्वयन गर्न भनी आदेश दिइसकेको छ’ उनले भने –‘तर, अहिलेसम्म पनि सरकारले त्यो आदेशलाई कार्यान्वयन गरेको छैन ।’ उनले राजनीतिक इच्छाशक्ति बिना यो समस्या समाधान हुन नसक्ने बताए । ‘वेपत्ता पारिएका व्यक्तिहरूका आफन्तहरूले कहाँ र कसरी वेपत्ता पारियो भन्ने जान्न पाउने अधिकार छ’ उनले भने –‘तर, अहिलेसम्म उनीहरूले सत्यतथ्य थाहा नपाउँदा विभिन्न मानसिक तथा शाररिक समस्या झेल्दै आएका छन् ।’

एडभोकेसी नेपालका प्रदेश निर्देशक विरबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली बार एशोसियसनका अध्यक्ष शिद्धराज ओझा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश संयोजक खडक राज जोशी, अधिवक्ता डाक्टर रेणु प्रधान श्रेष्ठ, वेपत्ता परिवारका सदस्य लक्ष्मी चौधरी, मिनराज भण्डारी, हिरा भण्डारी, बलिराम चौधरी, रुकमणी कुवर लगायतले सरकारफ्रति आक्रोस व्यत्त गर्दै धारणा र पीडा व्यक्त गरेका थिए ।

नेपालका प्रदेश संयोजक दीफक मल्लले स्वागत गरेको कार्यक्रमको सञ्चालन अधिवत्ता पुष्प विक्रम शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार