१० श्रावण २०८१, बिहीबार

जीवनको महत्व अध्यात्ममा लाग्दा थाहा : नेतृ देउवा




धनगढी / नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले जीवनको महत्व के हो भन्ने जानकारी अध्यात्ममा लाग्दा थाहा हुने बताएकी छन् ।

बुधबार धनगढीमा भएको सर्वोदय शान्ति पद यात्राको स्वागत कार्यक्रममा बोल्दै नेतृ देउवाले भनिन, अध्यात्ममा लाग्दा सकरात्मक कुरातर्फ ध्यान जाने र नकरात्मक कुरा त्याग्न मद्धत दिने बताइन।

उनले आफ्नो अनुभव सुनाउदै भन्नुभयो, अध्यात्मले जीवनमा हरेक समस्याबाट जोगिन मद्धत पुग्छ, म सात महिना विमारी भएर जापान बसे त्यहाँ भाषाका कारण मसित कुरा गर्ने कोही थिएन त्यस्तो अवस्थामा अध्यात्मले नै सहजरुपमा उपचार गराउन प्रेरणा दियो ।

अध्यात्मले मनका सोचाइहरुलाई नियन्त्रणमा राख्न मद्धत पुग्ने समेत उल्लेख गर्दे उनले भनिन डा. मणिभद्र मुनीजी महाराजको सन्देश, उपदेश, मन्त्रणाले निक्कै प्रभावित पार्ने र मनन गर्ने खालको भएको बताइन ।

मणिभद्र महाराजको तपस्या गज्जव प्रेरणादायी भएको चर्चा गर्दे नेतृ राणाले भनिन, ४० वर्षदेखि हिड्दै आउनु र ८५ हजार किलोमिटर हिड्ने क्षमता र आत्मशक्ति हुनु अतुलनिय छ ।

सो कार्यक्रममा डा. मणिभद्र मुनीजी महाराजले साधनाको माध्याबाट आफूलाई शान्त बनाउने प्रयास गर्नु पर्ने बताए । आफू शान्त भएपछि मात्र अरुलाई शान्तिको सन्देश दिन सकिन्छ उनले भने ,दुःखले कोही पनि आत्तिनुहुन्न भगवान राम, कृष्ण र महावीरको जीवनमा पनि दुःख आएको थियो ।

सो अवसरमा पूर्व सांसद शंकर पाण्डे, धनगढीका नगरप्रमुख नृपबहादुर वड, विपी चिन्तन अन्तराष्ट्रिय समितिका सन्दीप राना लगायतले अध्यात्म र डा.मणिभद्र महाराजको बारेमा चर्चा गरे ।

मेचीबाट पैदल यात्रा गरेर नेपाल प्रवेश गरेको डा.मणिभद्र महाराज एवम् विराज मुनीजी महाराज पोखराहुँदै धनगढी पुगेका हुन । उनीहरु अव कञ्चनपुरको गड्डाचौकी हुँदै भारत जाने भएका छन् ।

नेतृ राणा र डा.मणिभद्र महाराज एवम् विराज मुनीजी महाराजले कार्यक्रम अघि धनगढीमा पनि सर्वोदय शान्ति यात्रा गर्नु भएको थियो । धनगढीमा सर्वोदय शान्ति यात्रा र स्वागत कार्यक्रम सकल जैन समाजले आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार