बाजुरामा अस्पतालमा कार्की र बझांगमा सिंह अध्यक्ष
धनगढी / सुदूरपश्चिम प्रदेश सरकार मातहात रहेका डोटीबाहेकका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियूक्त गरिएको छ । यसक्रममा बाजुरामा युवानेता मानबहादुर कार्की र बझांगमा सुनबहादुर सिंह (सोनु) अध्यक्ष नियुक्त भएका छन् ।
प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियूक्त गर्ने निर्णय भएको हो सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन –डोटी जिल्ला अस्पतालको सबै प्रक्रिया पुगिसकेको छ ।
नियूक्त हुने मान्छेको कागजपत्र प्राविधिक कारण आउन नसकेको भनिएको छ । अन्य जिल्ला तथा प्रादेशिक अस्पतालमा नियूक्त भइसकेका छन ।
मन्त्री जोशीका अनुसार सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह (निर्मल) र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियूक्त भएका छन । टीकापुर अस्पतालमा झपटबहादुर सोडारी नियूक्त भएका छन ।
सेतीका अध्यक्ष शाह (निर्मल) माओवादी, महाकाली,टीकापुर, बाजुरा र बझांगका अस्पतालका अध्यक्ष नेकपा (एकीकृत समाजवादी) पक्षधर हुन ।
यस्तै दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियूक्त भएका छन ।
बिहिबार बसेको प्रदेशको १२८ औं मन्त्रीपरिषद बैठकले डोटीबाहेकका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियूक्त गर्ने निर्णय गरेको हो ।