१० श्रावण २०८१, बिहीबार

वन डढेलो नियन्त्रण सप्ताह शुरु



धनगढी / कैलालीमा मंगलबारदेखि वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जनचेतनामुल सप्ताह शुरु भएको छ ।

“डढेलोबाट बनलाई जोगाऔ, वन जंगलमा डढेलो लाग्न नदिऔ । लागि हालेमा सम्पूर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ” भन्ने नाराकासाथ सप्ताहब्यापी रुपमा पहलमानपुर डिभिजन वन कार्यालयमा सप्ताह शुरु भएको छ ।

प्रत्येक वर्ष चैत १ गतेदेखि ७ गतेसम्म वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जनचेतना सप्ताहका रूपमा मनाउदै आएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख लक्ष्मण शाहीले गर्मीयाममा हुने डढेलोबाट हुनेगरेको धनमालको क्षती रोक्न सामुदायिक बन, जनप्रतिनिधि, स्थानीय बासिन्दा सबैको, सहकार्य आवश्यक रहेको बताए ।

डिभिजन वन कार्यालय, पहलमानपुरका प्रमुख गोकुल रिजालले वन कार्यालयले नियमित रुपमा वनको कटनी र छटनी कार्य जारी राखेको र अग्निरेखा निर्माण जस्ता कार्यक्रम भइरहेको बताए ।

कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष भीमबहादुर वमले पछिल्लो समयमा वन अतिक्रमण, राजमार्गको क्षेत्रमा बृद्धि भएको अतिक्रमण, आगलागी, लगायतका समस्या बढेकोबारे चर्चा गरे ।

बसन्ता संरक्षित वन कार्यक्रमका अध्यक्ष पुस्कल वमले गर्मीयाममा वन जंगलमा पात झरेर बढी स्याउला हुने, नयाँ पालुवा पलाउने, खडेरीमा बढी आगलागीको जोखिम हुने भएकाले यसलाइ रोक्न सबैको प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रमको सञ्चालन सब डिभिजन वन कार्यलय सुखड प्रमुख विश्वराज पण्डितले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार