५ पुष २०८२, शनिबार

राजपुर चौकबाट मोटरसाईकल चोरी



कैलाली । धनगढी उपमहानगरपालीका १३ राजपुर चोकबाट मोटरसाईकल चोरी भएको छ ।

मदन राज रेग्मीको सवार से ७ प ५०२० नम्बरको निलो कल्लरको मोटरसाईकल चोरी भएको हो ।

घरको गेट भित्र राखेको सो मोटर साईकल आईतबार राती चोरी भएको चालक रेग्मी ले जानकारी दिए ।

उनले घरको अगाडीनै ट्राफिक बिट हुदा पनि मोटरसाईकल चोरी हुनुले पनि सुरक्षा चुनौती थपेको बताए । कहिल्यै पनि यहाँ चोरी घटना भएको थिएन रेग्मीको घरमा रंग लगाउने कामदार र नजिकै ग्यारेज मालिक संग पनि सोधपुछ भईरहेको राजपुर ट्राफिक प्रहरी बिटका असई नैन बहादुर साउदले बताए । खोजतालस जारी राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार