१० श्रावण २०८१, बिहीबार

समाजवादी एक्लै लड्न तयार : मन्त्री आले



धनगढी / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आगामी स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादी एक्लै पनि चुनाव लड्न तयार रहेको बताएका छन् ।

शनिवार धनगढीस्थित विमानस्थानमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले चुनावमा गठबन्धन भए पनि ठिक छ नभए पनि आफूहरू तयार रहेको बताएका हुन् ।

‘गठबन्धन आजको आवश्यकता हो, यो कुनै पार्टीस“ग गएर टा“सिएको होइन,’ उनले भने, ‘यही गठबन्धनले गर्दा नै शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ ।’

यो कुनै बाध्यता पनि होइन, परिस्थिति अनुसार अगाडी बढ्ने कुरा भएको उनको भनाई छ । ‘स्थानीय तहको चुनावको तयारीमा सबै दल लागिरहेका छन्,’ उनले भने, ‘आफूहरू पनि चुनावको तयारीमा छौ“ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार