१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेसमा चरम अविश्वास, रातारात मतदान स्थल सारियो




धनगढी / नेपाली काँग्रेस कैलालीको मतदान स्थल रातारात सारिएको छ । काँग्रेस जिल्ला कार्य समितिले ओम प्यालेसमा मतदान स्थल बनाउने निर्णय गरेको थियो तर निर्वाचन समितिले कर्भड हलमा सारेको छ ।
काँग्रेसको अघिल्लो जिल्ला अधिवेशनबाट निर्वाचित सभापति र प्रदेश महामन्त्री नरनारायण शाहले मतदान स्थल सारिएको जानकारी दिएको छन् । उनले लेखेको फेसवूक स्टाटस अनुसार निर्वाचन समितिले दवावमा मतदान स्थल सारेको हो ।
विगतमा पनि ओम प्यालेसमै मतदान हुने गरेको थियो ।
ओम प्यालेस शाह परिवारको हो । शाह सभापतिका उम्मेदवार प्रकाश वमको पक्षमा लागेपछि सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टको पक्षले मतदान स्थल सार्न दवाव दिएको काँग्रेस स्रोतले जनाएको छ । कैलाली काँग्रेसको आइतबार विहान ८ बजे मतदान हुने भनिएको छ । साथै शनिबार राति ८ः३० तिर मतदान स्थल सारिएको खवर आएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार