१० श्रावण २०८१, बिहीबार

गैसस कैलालीको अध्यक्षमा रावल




धनगढी / गैरसरकारी संस्था महासघ कैलाली शाखाको अध्यक्षमा कर्ण रावल चयन भएका छन् ।
शनिबार सस्थाको १० औं भेलाले रावल नेतृत्वमा १३ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्ष चेतमान साउद, सचिवमा सरिता चौधरी, सह सचिवमा देव विक, कोषाध्यक्षमा पवन भण्डारी चयन भएकी छन् । यस्तै सदस्यमा रक्षा मल्ल, नन्दराज भट्ट, सपना विसी, निर्मला वागचन, गोरख सार्की र अनिता जोशी सदस्यमा छानिएका छन् ।

महासंघका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा भएको अधिबेशनमा केन्द्रीय सचिव भवराज रेग्मी प्रमुख अतिथि रहेका थिए ।कार्यक्रमको संस्थाका सचिव चेतमान साउदले सन्चालन गरेका थिए ।

यस्तै अधिबेशनमा प्रदेश अध्यक्ष देवी खनाल र एफएमडिसीका ओम जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार