शेखर समूहको सभापतिमा कलेल

धनगढी / नेपाली कांग्रेस कैलालीको १४औं महाधिवेशनमा डा। शेखर कोइरालाको समूहले जिल्ला सभापति सहित सबै पदमा प्यानल बनाएको छ ।
जिल्ला सचिव पूर्ण कुँवरका अनुसार रामबहादुर कलेल सभापति रहेको समूह चुनावी मैदानमा उत्रिने भएको छ । काँग्रेसले आज १४ गते उम्मेदवारी दर्ता गर्ने भएको छ भने १५ गते निर्वाचन छ ।
यस्तै उपसभापति यज्ञनिधि कोइराला, अर्को उपसभापति लोकराज पाण्डेय आगो. सचिवमा देवानन्द जैसी (सुवेदी),अर्को सचिवमा नवराज जोशी, सहसचिव रबिन्द्रप्रताप सिह, अर्को सहसचिव तिर्थराज जोशीले उम्मेदवारी दिने भएका छन् ।





