६ बैशाख २०८१, बिहीबार

प्रहरीको तपाईंको मास्क खै ? अभियान



नेपालको कुनै ठाउँमा मास्क बाडदै प्रहरी । फोटो : गुगलबाट


धनगढी / कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउन कैलाली प्रहरीले केही दिनदेखि तपाईंको मास्क खै ? अभियान जारी राखेको छ ।

यस क्रममा कैलालीको पृथ्वीपुर प्रहरी चौकीको आयोजना तथा दिगो विकास समिति, भजनीको सहभागितामा भजनी नगरपालिका–५ लालबोझी चोकमा मास्क वितरण कार्यक्रम भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बलको समेत सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय, कैलालीले बिहीबार प्रेषित गरेको जानकारी अनुसार लालबोझी चोकमा बिना मास्क हिडडुल गर्ने सर्वसाधारण, मोटरसाईकल, अटोरिक्सा, साईकल र ट्याक्टर चालक र यात्रुहरुलाई गरी सात सय ५० थान मास्क वितरण गरिएको छ ।

अभियानका क्रममा यसअघि भजनी ईलाका प्रहरी कार्यालय र दिगो विकास संस्थाको संयुक्त आयोजनामा वडा नम्बर १, पडरिया चोकमा पनि मास्क वितरण कार्यक्रम भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पडरिया चोकमा बिना मास्क हिडडुल गर्ने पैदलयात्री, र मोटरसाईकल, अटोरिक्सा, साईकल र ट्याक्टर चालक र यात्रीहरुलाई गरी तीन हजार थान थान माक्स र १० डिब्बा सेनिटाईजर वितरण गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप “हाम्रा प्रहरीसँग हामी” कार्यक्रमअन्तर्गत “तपाईंको मास्क खै ? अभियान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अभियानका क्रममा मसुरिया ईलाका प्रहरी कार्यालय तथा दिगो विकास समाज, भजनीको संयुक्त आयोजनामा गौरिगङ्गा नगरपालिका–९, मसुरीया बजारमा लागु औषध तथा कोभिड–१९ सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो अवसरमा पैदल यात्री तथा सवारी चालक र यात्रीहरु समेत एक हजार पाँच सय जनालाई मास्क वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार