१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५९९ विद्यालय छानिए




धनगढी / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सुदूरपश्चिमका ५९९ विद्यालय छनोट भएका छन् ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यालय भवन निर्माण, प्राबिधिक ल्याब व्यवस्थापन लगायतका काममा लागि सुदूरपश्चिमका ५९९ विद्यालय सहित देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको हो ।

जसमध्ये सुदूरपश्चिम प्रदेशमा १४१ विद्यालयमा चार कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, २७० विद्यालयमा आइसीटी व्यवस्थापन, आठ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।

देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए ।

जसमा ७ हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आइसीटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार