१० श्रावण २०८१, बिहीबार

स्वेच्छिक उम्मेदवारी घोषणा नगर्न कञ्चनपुर काँग्रेसको चेतावनी



कञ्चनपुर / नेपाली काँग्रेस, कञ्चनपुरले आसन्न स्थानीय निर्वाचनमा स्वेच्छिक रुपमा आआफ्नो उम्मेदवारी घोषणा नगर्न नेता/कार्यकर्तालाई सचेत गराएको छ ।

कञ्चनपुर काँग्रेसले सोमबार विज्ञप्ती जारी गर्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आफुखुसी ढङ्गले उम्मेदवारी घोषणा नगर्न सचेत गराएको हो ।

विज्ञप्तीमा आसन्न स्थानीय तह निर्वाचनमा स्वैच्छिक तरिकाले उम्मेद्वारी घोषणा नगर्न भनेको छ ।

त्यस्तै पार्टीले आधिकारिक उम्मेदवार तय नगर्दासम्म सामाजिक सञ्जाल, पत्रिका र अन्य माध्यमहरूमा उम्मेदवारी घोषणा नगर्न विज्ञप्तीमा उल्लेख छ ।

काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टद्वारा जारी विज्ञप्तीमा पार्टीका सबै तह र तप्कामा रहेकाहरूलाई निर्वाचनको परिणाम काँग्रेसको पक्षमा ल्याउन आ–आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार