लागू औषधसहित तीन पक्राउ

धनगढी/ कैलालीको भजनी नगरपालिका–६ महादेउलीमा लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शनिबार राति महादेउलीमा से ३ प ९४० नम्बरको मोटरसाइल तथा लागूऔषध सहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका– १ का २४ वर्षीय रोहित खडका, २० वर्षीय अन्जान डगौरा र २२ वर्षीय अर्जुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट पाँच ग्राम खैरो हिरोइन फेला परेको थियो । उनीहरूलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।




