जनयुद्ध दिवसमा धनगढीमा रक्तदान कार्यक्रम

धनगढी / नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीले २७ औ जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नगर कमिटीका अध्यक्ष सुरज खातीका अनुसार सो अवसरमा ४१ जनाद्धारा रक्तदान गरेका छन् ।
देश र जनताको लागि लड्दै गर्दा ज्यान गुमाएका शहिदहरुलाई सम्झिनु हाम्रो कर्तव्य हो त्यसैले हरेक वर्ष यस्ता कार्यक्रम गरिहनुपर्छ धनगढी नगर कमिटीका प्रचारप्रसार विभाग प्रमुख डिल्ली भट्टले बताए ।
सो पार्टीका नगर सचिव रमेशप्रसाल भट्राईले रगत अभावको समस्यालाई समेत मध्यनजर गर्दै पार्टीले जनयुद्ध दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।
रक्तदान कार्यक्रममा भूमी, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी, नेतृ शान्ति अधिकारी, प्रदेश कमिटी सदस्य हरी क्षेत्री, निर्मल शाह लगायतको उपस्थिति थियो ।




