१० श्रावण २०८१, बिहीबार

सामुदायिक वन नियमावलीको विरोध




धनगढी / सामुदायिक वनको अधिकार कटौती हुने गरी नियमावली मस्यौदा ल्याइएको भन्दै आइतबार धनगढीमा विरोध प्रदर्शन भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, सुदूरपश्चिम प्रदेश समितिको अगुवाईमा नाराबाजीसहित प्रदर्शन गरिएको हो ।

वन उपभोक्ता महासंघले सामुदायिक वनको अधिकार कटौती गरी तयार गरिएको ऐन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन, तेहरो कर र वन पैदावारमा लगाएको प्रतिवन्धको विरुद्धमा आन्दोलन गरेको बताएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघले सामुदायिक वनमा भइरहेको प्रतिगमन अन्त्य गर्नुपर्ने, सामुदायिक वनको अधिकार सुनिश्चित गर्नुपर्ने र सामुदायिक वन अधिकार विरोधी कानुन खारेज गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार