१० श्रावण २०८१, बिहीबार

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा चक्काजाम




धनगढी / नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गरिनुपर्ने माग गर्दै आइतबार कैलालीको अत्तरियामा चक्काजाम गरेको छ ।

प्रदर्शनकारीहरूले करिब आधा घण्टा अत्तरिया चोकमा चक्काजाम गरेका थिए ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने उनीहरूको माग छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने नेकपाका कार्यकर्ताले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार